सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी, नेपाली क्रिकेटलाई ठूलो क्षति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध मंगलबार बलात्कारको उजुरी परेपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको बताएका छन ।

“आज साँझ वा भोलि बिहानसम्म सन्दीपको विषयमा हामीले निर्णय गर्नेछौँ,” क्यानका एक पदाधिकारीले बताएका छन ।
क्यानका एक पदाधिकारीले भने, “सन्दीपमाथि लागेको यो आरोपले नेपाली क्रिकेटलाई ठूलो क्षति पुगेको छ । क्यानले पनि यस विषयलाई गम्भीर रूपमा हेरेको छ ।”

सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएका थिए । केन्याबाट नेपाली टोली भने आज नेपाल फर्कंदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array