चोभार-टौदह सडकखण्ड स्थानीयद्धारा अवरूद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – चोभार-जलविनायक-टौदह सडकखण्ड स्थानीले अवरूद्ध गरेका छन । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा चासो नदिएको भन्दै स्थानीयले उक्त सडकखण्ड अवरूद्ध पारेका हुन् । हेटौँडातर्फबाट आएका सवारी साधनहरु चोभारबाट अगाडि बढ्न सकेका छैनन् ।

बागमती प्रदेशको राजधानी हेटौँडा र काठमाडौँ आउ-जाउ गर्ने मुख्य सडक जीर्ण बन्दा यात्रा कष्टकर बनेको छ । साथै पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीयवासी हैरान छन् ।

प्रतिक्रिया दिनुहोस्

Array