नेपाली सेनाको सुरक्षामा नमुना मतपत्र छाप्न सुरु, असोज २५ गतेसम्म सबै छापिसक्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । निर्वाचन आयोगका अनुसार नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको हो । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ ।

सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने र दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने निर्वाचन आयोगले बताएको छ । । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।

आगामी निर्वाचनमा करिब १ करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ । मतपत्र छपाइ हुने जनक शिक्षा सामग्रीको छापाखानामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array