निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजाति आयोगको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ  – आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन । उनले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक प्रतिनिधित्व होस भन्ने राजनीतिक पार्टी, संविधान तथा कानून कार्यान्वयन गर्ने निकाय समक्ष आदिवासी जनजाति समुदायको माग रहेको बताए । अध्यक्ष मगरले विगतका निर्वाचनमा आदिवासी जनजातिको जनसंख्या ३५.८१ प्रतिशतको समानुपातिक प्रतिनिधित्व समन्यायिक नभएको उल्लेख गर्दै समानुपातिक समवेशिताको सिद्धान्तलाई अन्देखा गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटी नगर्न राजनीतिक दलहरुसँग आग्रह गरे ।

उनले आदिवासी जनजाति समुदाय भित्र पनि लोपोन्मुख र अति सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन नसकिरहेको भन्दै उहाँले त्यस्ता समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिन पनि आग्रह गरे । अध्यक्ष मगरले राजनीतिक दलहरुबाट हुनसक्ने त्रुटीलाई नियालेर संविधानतः समानुपातिक प्रतिनिधित्वको अधिकार दिलाउन पनि निर्वाचन आयोगलाई आग्रह गरे । उनले समानुपातिक समवेशिताको सिद्धान्तलाई अन्देखा गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटी भएमा आदिवासी जनजाति समुदाय राजनीतिक अधिकारबाट वञ्चित हुने बताए ।

अध्यक्ष मगरले आदिवासी जनजातिको सहभागितालाई संविधानमा नै सुनिश्चित गर्ने व्यवस्था राखेर अघि बढन आवश्यक रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array