बीमा विद्येयक राष्ट्रिय सभाबाट पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बीमा विद्येयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विद्येयक माथि विचार गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । विद्येयक माथि छलफल गरेर सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको हो । अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विद्येयक २०७९ साउन २९ गते पारित भएको थियो ।

हाल कायम बीमा ऐन २०४९ ले बीमाका सबै विषय नसमेटिएकोले निकै लामो समयदेखि विद्येयकको आवश्यकता ठानिएको मन्त्री शर्माले जानकारी गराए ।

“विद्ययेक उल्लेखित भएको व्यवस्थालाई बढी व्यवहारिक र समय सापेक्षा बनाउन सरकार सधै सकरात्क रहेको छ।” मन्त्री शर्माले भने,”विभिन्न चरणमा अर्थमन्त्रालय बीमा समिति तथा सरोकारवालाहरु सबैसँग छलफल गरिएको थियो । त्यसबाट प्राप्त सुझावहरुलाई समेटि विद्ययेकत तयार भएको हो ।”

समितिलाई प्रधिकरणमा परिणत गरेर स्वायत्त संस्थाको रुपमा सञ्चालनमा ल्याइने भएकोले बीमा विद्येयक महत्पवुर्ण रहेको मन्त्री शर्माको भनाई छ । बीमा विद्येयक राष्ट्रिय सभाबाट पारित भएर राष्टपतिद्धारा स्वीकृत भएपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्