प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा उनलाई बधाई दिएका छन् । सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो ।

दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हँदै छिन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array