उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको हृदयघातका कारण निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ ।

उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्