तिला गाउँपालिकामा १५ बुँदे माग राख्दै अनिश्चितकालीन तालाबन्दी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – म्लाको तिला गाउँपालिका आइतबार साँझदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ। १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।

तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली काँग्रेस जुम्लाका सहसचिवले जानकारी दिएका छन। १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ। तिला हाइड्रोको डीपीआर, आइए, इआइए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको सहसचिव बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array