सुरक्षागार्ड शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्चमा रिट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् । कुनै पनि व्यक्तिलाई गैरकानूनी थुनामा राखिएमा पीडित वा परिवारले अदालतमा रिहाका लागि निवेदन दिन पाउछन् ।

बन्दी प्रत्यक्षीकरणको निवेदन भनिने यस्तो मुद्दामा अदालतले तत्काल सुनुवाइ गरी न्यायनिरुपण गर्ने प्रचलन छ । लक्ष्मीको निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्