सेयर बजारमा गिरावट, सोमबार ४ अंकले घट्यो परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – सेयर बजार परिसूचक साताको दोस्रो दिनमा पनि गिरावट आएको छ। सोमबारको कारोबारमा सेयर बजार परिसूचक ४.२९ अंकले गिरावट आएको हो । आइतबार ६ अंकले बढेको बजारमा सोमबार तीव्र उतार चढावकाबीच ४.२९ अंकले घट्न पुग्यो। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.८२ अंक घटेर ३८२.९५ मा झरेको छ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२४ कम्पनीको सेयर कारोबारमा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रुपैयाँ बराबरको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिद बिक्री भएको छ। आज २१ हजार ४ सय ७१ पटक कारोबार भएको थियो। आइतबार १ अर्ब ७ करोडको कारोबार भएको थियो।

सामान्य अंकले घटेको बजारमा आज ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको सेयर मूल्य घटेको छ। मैलुङ खोला जलविद्युत, हिमालयन एभरेष्ट इन्स्योरन्स, रिडी पावर कम्पनी, अपर सोलु, ग्रीन भेन्चर लगायतका सेयर उच्च कमाउनेमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array