सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने परमादेश तत्काल कार्यान्वयन गर्न माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – एक्सन नेपालले सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्च अदालतले दिएको परमादेश तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सर्वोच्चको परमादेश कार्यान्वयनमा उद्योगी र सरकार आफैँ उदासिन देखिएको भन्दै एक्सन नेपालले तत्काल व्यवहारमा लागु गर्न माग गरेको हो ।

यही भदौ १२ गते सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्सल प्याकेजिङ्ग र लेबुलको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश तथा चित्र छाप्नुपर्ने फैसला गरेको थियो ।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार यसअघि सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, पेटी तथा पार्सल प्याकेजिङ्गमा ७५ प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने प्रावधान थियो । एक्सन नेपालले सन् २०१५ मा नौ जिल्लाका दुई हजार २५० जनामा गरेको एक सर्वेक्षणमा ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देश र रंगिन चित्रका कारण चुरोट सेवनको मात्रामा ५५ प्रतिशत कमी आएको संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array