सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज ९भदौ २० गते० बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array