सबकुरा प्रा.लीबाट ठगिए युवा; युरोपमा वर्क भिसा भन्दै पैसा असुल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
6 Min Read
Aa

काठमाडौं– विदेश पठाइदिने प्रलोभनमा पारी दिनप्रति दिन ठगिको धन्दा फौलाउदै गएको छ । ठगि गर्ने तरिका पनि फेरिर्दै गएको छ । ठगले आफू कसरी कानुनी दायराबाट बच्न सकिन्छ भन्ने जुक्ति लगाएर ठगि गरिरहेका छन् । युरोपियन देशमा वर्क भिसालगाइदिन्छु भन्ने र जसले जति दिन सक्छ त्यहि अनुसार पैसा उठाउदै जाने । अनि, धेरै लफडा गर्नेको पैसा फिर्ता गर्ने तर सोजासाजको दुई तिन वर्ष हुँदा पनि भिषाको प्रक्रिया हुँदै छ भनेर पखाइराख्ने काम बानेश्वर स्थित रहेको ‘सबकुरा प्राइभेट लिमिटेड’ले गरेको पाइएको छ ।
बानेश्वरबाट शंकामुल जाने बाटोको देब्रे साइट पर्ने सबकुरा प्रा.लीले विषेश गरी युरोप पठाइदिने भन्दै रकम असुलिरहेका छ । भिसा आज र भोली आउछ भन्दै एक महिना दुई महिना भन्दै दुई- तिन वर्ष बिताइदिन्छ ।

ललितपुर घर भएका कुमार खड्काले करिब २ वर्ष देखि भिषा आउने आशामा बसेका छन् । तर, कहिले के बहाना त कहिले के बहानामा अहिलेसम्म कुन देश जाने भन्ने सम्म टुङ्गो नलागेको बताए । पैसा र्फिता माग्ना जादा कहिले ६ महिना समय दिनु त कहिले दशैसम्मको समय दिनु भनेर टार्ने गरेको उनले बताएका छन् । सुरुमा उनी सहित ३ जना साथीले एक एक लाखका दरले ३ लाख रुपैया दिएको उनले बताए । ‘कृषि क्षेत्रको काम गर्नका लागि रोमानिया र युके मध्य एउटा देशमा भिसा लगाइदिने भनेर पैसा मागे हो,’ उनको भनाई छ । ७ लाख देखि १० लाखसम्म लाग्ने तर सुरुमा डकुमेन्ट चार्ज भनेर मागेको उनले बताए । अहिले कहिले सिर्जनल भिषामा यु के जा भन्ने त कहिले क्रोएसिया लगायतका देशमा पठाइन्दिछु भनेर टारिरहने गरेको उनले बताए । पैसा फिर्ता लिन जादाँ नदिने सधै बहाना बनाएर पठाउने गरेको उनको गुनासो छ ।

त्यस्तै नै महिना देखि कोरोयसि देशको लागि भिसा लाग्ने आसमा काठमाडौको हातिगौडा स्थित बस्दै आएका भवन प्रसाद राइले अर्को एक साथीको सहित ६० हजार रुपैया दिएको बताए । ‘कित हाम्रो भिषा लाग्नु प¥यो यदि भिसा नलाग्ने हो भने बहाना नबनाई पैसा फिर्ता दिनु प¥यो,’ उनले भने । सानोतिनो काम गरेर दुख गरेर कमाएको पैसा एतिकै छोड्ना नसक्ने जसरी पनि लिने उनले बताए ।
सामान्य मान्छे मात्र होइन पुलिसलाई समेत सब प्रालिले ठग्न सफल भएको छ । उनीहरुले पनि ४ जनाको गुरुपमै आएर पैसा दिएको बताएका छन् । सेक्युरेटी गार्डमा युरोपमा राम्रो कमाई हुने प्रलोभन देखाएपछि विश्वासमा परेर पैसा दिएको नाम नबताउने सर्तमा उनीहरुले बताएका छन् । ‘तर २ वर्ष बितिसक्दा पनि अहिले सम्म न भिसा को टुङ्गो छ न जाने देशको नै टुङ्गो लागेको छ ‘ उनले भने । साथीहरु त्यसरी विदेश गएर राम्रो कमाई गरेको खबर सुनेपछि  विश्वास गरेर पैसा दिएको उनहरुले बताए ।
यस विषयमा बुझन अफिसको नंम्बरमा फोन गर्दा कर्मचारीहरुले  सबैको भिसा प्रक्रियमा रहेको जानकारी दिएका छन् । प्रा.लीका कर्मचारीले सबै कुरा आफूहरुलाई थाहा नहुने भएकाले  प्रोपाइटर सँग बुझन सुजाए पनि सम्पर्क हुन सकेन । उक्त कन्सल्टेन्सीका कर्मचारी यस विषयमा खुलेर बोल्न चाहेनन् ।
अहिले कम्पनीमा जम्मा ७ सय ७० जनाको भिसा प्रोसेसिङ्गमा रहेको जानकारी प्राप्त भएको छ । यस मध्य केहि रेकड नभएका पनि हुन सक्ने बताइएको छ । अफिसमा झगडा गरेर पैसा फिर्ता लानेको संख्या करिब ५६० जना जतिको भएको जानकारी दिएको छ ।
स्रोतले बताए अनुसार सबकुरा प्रा.लीबाट अहिलेसम्म कसैको पनि भिसा लागेको छैन । यदि कसैको लागेको भए पनि बाहिरा रेकडमा नदेखिएको स्रोतले बताएको छ
‘अफिसमा आउने जति सबैसँग भिसा प्रक्रियाको लागि भनेर जसले जति दिन सक्छ त्यति पैसा माग्ने गरिएको छ’, ‘पैसा दिएकाहरु मध्य केहिले चर्काचर्कि गरेर पैसा मागे पछि फिर्ता दिने गरिएका छ,’ स्रोतको दाबी छ । साथै ‘सबै पैसा उठाएर बिदेश भाग्ने तयारी समेत हुँदै छ,’ स्रोतले भन्यो । दुईटि छोरी र श्रीमति सहितको डकुमेन्ट बनाउने प्रक्रियाको थालनी गरेको समेत बताइएको छ ।  वर्क भिसामा पठाइदिन्छु भन्दै ठगि गरेको सबै प्रमाण गोरक्षा पोष्टलाई प्राप्त भएको छ । स्रोतका अनुसार, साथीको कन्सल्टेन्सीबाट भिसा लागेको पासपोट देखाएर ठगि गरेको जानकारी दिएको छ । ठगि कामको लागि उनले अफिस राम्रो सँग व्यवस्थापन गर्नुको साथै कर्मचारीहरु समेत राखेका छन् ।

सबकुरा प्रा.लीले विगत ३ वर्ष देखि यसरी नै ठगि गरिरहको छ । मोटो रकम कमाई हुने प्रलोभन देखाएर भिषा प्रक्रियाको लागि भनेर अगाडि नै केहि रकम उठाउने गर्छ । उक्त कम्पनी २०७२ साल आश्विन महिना २४ गते दर्ता भएको हो । कम्पनीको ठेगाना वार्ड नं. २२ काठमाडौं महानगरपालिका रहेको छ भने कम्पनीको स्थायी लेखा नम्बर ६०३५५१५७६ रहेको छ । कम्पनीको कारोबार उदेश्यहरु अखबार मुद्रण तथा प्रकाशन, सीपमुलक तालीम सेवाहरु, तथा अन्य माध्यामबाट सूचना सेवा प्रदान गर्ने रहेको छ । तर वर्क भिसाको लागि उक्त प्रालिले कतैबाट पनि अनुमति लिएको विवरण अफिसमा भिटिदैन । उक्त कम्पनी केशव गौतमको नाममा दर्ता रहेको छ । उनले नै पैसाकोे सबै डिल गर्ने भनिए पनि गोरक्षा पोष्टलाई स्टाफहरुले सर बाहिरा जानु भएको र फोन नम्बर पनि नभएको उत्तर दिएका थिए ।

यस्तै क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका ५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवान रहेका थिए । पछिल्लो समय युरोप–अमेरिका जाने मोहमा युवाहरु ठगिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: