टाटा कम्पनीका पूर्वअध्यक्ष साइरस मिस्त्रीको कार दुर्घटनामा मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा कम्पनीका अर्बपति पूर्वअध्यक्षको साइरस मिस्त्रीको आइतबार मुम्बईतर्फ जाँदै गर्दा सडक दुर्घटनामा ज्यान गएको छ। महाराष्ट्र राज्यका प्रहरीले उक्त दुर्घटनामा अर्का एक व्यक्तिको पनि मृत्यु भएको र बाँकी दुईजना यात्रु घाइते भएको जानकारी दिएको छ ।

५४ वर्षीय मिस्त्रीको कार्य शैलीलाई लिएर आलोचना हुन थालेपछि सन् २०१६ मा उनलाई टाटा कम्पनीको अध्यक्ष पदबाट हटाइएको थियो । उनको स्थानमा रतन टाटालाई ल्याइएको थियो । त्यस घटनाको चार वर्ष अघिमात्र मिस्त्रीले सो पदमा रतन टाटालाई विस्थापित गरेका थिए ।

टाटा कम्पनीको बोर्डमा भएको यस शक्ति संघर्ष रहस्यको विषय बनेको थियो । यसै विषयलाई लिएर लामो समय सम्म कानुनी भिडन्त चलेको थियो । तर, अन्ततः भारतको सर्वोच्च अदालतले टाटा कम्पनीकै पक्षमा निर्णय दिएको थियो ।

यस कम्पनीले विश्वका एकसयभन्दा बढी मुलुकमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । टाटाले नुन, स्टिल र सफ्टवेयरलगायत उत्पादन र बिक्री गर्दैै आएको छ । गत वर्ष मात्र यस कम्पनीले १३० अर्ब अमेरिकी डलर भारत सरकारलाई राजस्व बुझाएको थियो ।

आइतबार अपराह्न आफ्ना मित्रहरूसँग मर्सिडिज कारमा यात्रा गरिरहेका बेला मिस्त्रीको कार महाराष्ट्रको पाल्घर जिल्लामा दुर्घटनामा परेको थियो । एउटा नदीमाथिको पुल तर्ने क्रममा उनको कार डिभाइडरमा ठोकिएको थियो । मिस्त्रीको घटनास्थलमै मृत्यु भएको थियो । महाराष्ट्रका उपमुख्यमन्त्रीले प्रहरीलाई यसबारे गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्