इच्छा शक्तिलाई बलियो बनाउँनुहोस्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ  – हाम्रो इच्छा शक्ति जति बलियो हुन्छ त्यति नै बढी सफलता पाउने ग्यारेन्टी हुन्छ । कुनै पनि कामको लागि बाटो एउटा मात्र हुनुपर्दछ । सयौ सुरक्षित बाटाहरु रोजियो भने हाामीलाई अरुले सिद्धयाउन पनि सक्छ । यदि एउटा असफल मान्छेले एउटा किराना पसलको व्यापार गर्न खोज्यो भने उसलाई डरलाग्छ । उसले किराना पसल गर्नुभन्दा अगाडी सयौं सुरक्षित बाटोहरु खोजी सक्छ जस्तै यदि मेरो यो पसल चलेन भने मैले कुखुरा पाल्छु वा होटल गर्छु वा माछा पाल्छु आदि इत्यादि सयौं सुरक्षित बाटोहरु तयार गर्छ ।

अब यदि ऊ किराना पसल शुरु गरिसकेपछि असफल भयो भने ऊ असफल हुनुमा किराना पसलको कत्ति पनि दोष छैन,बरु दोष त उसले बनाएका सुरक्षित बाटाहरुलाई दिनुपर्दछ । गर्छु भने पछि त्यहि गर्नु पर्छ । यहि काम गर्छु भनेर संकल्प गर्न सकिएन भने जे काम गर पनि सफल हुन सकिदैन । अतः जे काम गरिन्छ त्यहि कामलाई पुरा गर्ने संकल्प गर्न सक्नुपर्दछ ।

प्रथम दर्जाका व्यक्तिहरुले के गर्छन भने कुन साधन कहाँ प्रयोग गर्दा के गल्ति हुन्छ , कुन काम गर्दा गल्ति हुन्छ, भन्ने कुरा अरुको गल्ति बाट सिक्छन् । आफुले गल्ति नै नगरिकन अरुले गरेको गल्तिलाई आफैले गल्ती गरे बराबर सम्झेर उनीहरु अगाडी बढ्दछन् ।

दोस्रो दर्जाका व्यक्तिहरुले एकपटक गल्ती गरेपछि त्यो गल्ती जीवनमा दोहोरिन दिँदैनन । त्यति गल्तीबाट गतिलो सँग पाठ सिक्छन् । उल्टै त्यो गल्तीलाई धन्यवाद दिन्छन् किनभने त्यो गल्ती नभएको भए मैले यो कुरा सिक्दैनथे भन्ने कुरा उनीहरुले मनमा लिएका हुन्छन् । तेस्रो दर्जाका अर्थात मूर्ख व्यक्तिले गल्तीबाट सिक्न खोज्दैनन् । गल्ती बाट सिक्नुपर्ने ठाउँमा उल्टै मैले यो गल्ती गरेकै छैन भनेर अरुलाई दोष लगाउँछन् । बारम्बार एउटै गल्ती गर्दछन् र पछि पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

Array