भदौ ३१ मा फिल्म ए पिक्चर रिलिज हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – भदौ ३१ बाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ए पिक्चर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएको छ । विवेक गुरुङको लेखन निर्देशन रहेको फिल्मको कार्यकारी निर्माता सुश्मिता गुरुङ र मोहन माया गुरुङ हुन् ।

नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङ लगायतको अभिनय रहेको फिल्मको छायांकन निकोल गुरुङले गरेका हुन् । कास्कीको विभिन्न रमणिय स्थानहरुमा छायांकन भएको फिल्मको गीतमा अस्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको स्वर छ । फिल्म प्रेमकथामा निर्माण भएको निर्देशक विवेक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array