बारामा मध्यरातमा गोली चल्यो, एक सई घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बाराको एक उद्योगमा लुटपाट गर्न आएका लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति करिब १ बजेतिर १२-१५ जनाको समूहमा आएका लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको हो । सोक्रममा वरिष्ठ सई शाही घाइते भएको प्रहरीले जनाएको छ । लुटेरा समूहका एक जनाले फलामको सईमाथि रड प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । लुटेरा समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए ।

लुटेरा समूहले फायर खोलेपछि प्रतिकारमा प्रहरीले पनि ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लुटपाट गर्न आएका डाँका समूहका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा एक थान कटुवा पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरीका अनुसार लुटपाट गर्ने उद्देश्यले हातहतियारसहित उनीहरू उद्योग छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array