पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेको निहुँमा सुरक्षागार्ड पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रुप फोर सेक्युरिटी अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर रहेका हुन। शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस भन्‍ने सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी ले बताएको छ ।

जिल्ला प्रहरी काठमाडौँका अनुसार उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको थियो स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array