निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफू विवेकहीन भएको भन्दै माफी मागे

रञ्जन कोइरालाको मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने महाअभियोग सिफारिस समितिमा दिएको बयानमा बताए । आज तेस्रो दिनको बयानमा जबराले भने ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा माग्दछु , मलाई प्रायश्चित भएको छ,’ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफू विवेकहीन भएको भन्दै माफी मागेका छन् ।

रञ्जन कोइरालाको मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने महाअभियोग सिफारिस समितिमा दिएको बयानमा बताए । आज तेस्रो दिनको बयानमा जबराले भने ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा माग्दछु , मलाई प्रायश्चित भएको छ,’ ।

श्रीमतीको क्रूरतापूर्वक हत्या गरेको अभियोगमा २० वर्ष सजायँ पाएका रञ्जन कोइरालाको सजायँ जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको दावी छ ।

महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array