क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउन ‘अपराध संहिता ऐन’ संशोधनमा प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– क्रिप्टोकरेन्सीको गैरकानुनी कारोबार बढ्दै गएपछि सरकारले यसलाई प्रतिबन्ध लगाउने भएको छ । क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिने या नदिने बारेमा बहस चलेपछि सरकारले प्रतिबन्ध नै लगाउने निर्णय गरेको हो । प्रतिनिधिसभामा पेस भएको मुलुकी अपराध संहिता सम्बन्धि ऐन संशोधन प्रस्तावमा गरेका प्रचलित कानुन बमोजिम बाहेक कसैले पनि गैर मुद्रा उत्पादन वा जारी गर्न नपाइने कुरा उल्लेख गरिएको छ ।

संहिताको संशोधन प्रस्तावमा भनिएको छ ुप्रचलित कानुन बमोजिम वाहेक कसैले पनि नेपालमा प्रयोग गर्ने, गराउने वा नेपालभित्र वा बाहिरको व्यवसायिक कारोबारको भुक्तानी लिने, दिने वा हिसाबमिलान गर्ने वा अन्य कुनै प्रयोजनको लागि गैर मुद्राको उत्पादन बिक्री वा कारोबार गर्न होल्ड गर्न वा त्यस्तो मुद्रा जारी वा हस्तान्तरण गर्न वा गराउन हुँदैन भनिएको छ ।
प्रतिबन्ध लगाएको भए पनि नेपालमा विद्यार्थी देखि लिएर विश्वविद्यायलय पढाउने प्रोफेसर व्यवसायी देखि सबैले भित्र भित्रै कारोबार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array