काठमाडौँमा आजबाट श्रीमद्भागवत् महापुराण सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँमा आइतबार ९आज० बाट श्रीमद्भागवत् महापुराण सुरु भएको छ । बत्तिसपुतली, गौशालास्थित् बेंकटेश मन्दिरमा श्रीमद्भागवत् महापुराण कार्यक्रम आयोजना गरिएको हो । भदौ १९ गतेबाट सुरु भएको महापुराण भदौ २५ गतेसम्म सञ्चालन हुनेछ । राधाष्टमीको पावर अवसर पारेर आयोजना गरिएको श्रीमद्भागवत् महारस महोत्सव प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम चल्नेछ ।

भागवतीय ज्ञान प्राप्त गर्ने र गराउने यस श्रीमद्भागवत् महारस महोत्सवको प्रमुख लक्ष्य रहेको आचार्य श्री शीतल कृष्णजी महाराजले बताउनुभयो । भक्तिपथ फाउण्डेसन, काडमाडौं शाखाले आयोजना गरेको यस महापुराण महोत्सबमा उपस्थित भएर भागवतीय ज्ञान प्राप्त गर्न हुन सबैमा आयोजकले आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array