गैर मुद्राको उत्पादन र बिक्री गर्न पाइँदैन: अपराध संहिता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – क्रिप्टोकरेन्सीलाई सरकारले प्रतिबन्ध लगाउने भएको छ। गैरकानुनी कारोबार बढ्दै गएपछि सरकारले क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने भएको हो । प्रतिनिधिसभामा पेस भएको मुलुकी अपराध संहिता सम्बन्धि ऐन संशोधन प्रस्तावमा प्रचलित कानुन बमोजिम बाहेक कसैले पनि गैर मुद्रा उत्पादन वा जारी गर्न नपाइने उल्लेख छ।

संहिताको संशोधन प्रस्तावमा भनिएको छ, “प्रचलित कानुन बमोजिम वाहेक कसैले पनि नेपालमा प्रयोग गर्ने, गराउने वा नेपालभित्र वा बाहिरको व्यवसायिक कारोबारको भुक्तानी लिने, दिने वा हिसाब मिलान गर्ने वा अन्य कुनै प्रयोजनको लागि गैर मुद्राको उत्पादन बिक्री वा कारोबार गर्न होल्ड गर्न वा त्यस्तो मुद्रा जारी वा हस्तान्तरण गर्न वा गराउन हुँदैन।”

- Advertisement -
Ad imageAd image

प्रतिबन्धका बाबजुद पनि अवैध रुपमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्