तरलता अभाव हुन दिन्नौ, उत्पादनशिल क्षेत्रमा लगानी बढाऔंः अर्थमन्त्री जनार्दन शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने बताएका छन । शर्माले निजि क्षेत्रलाई उत्पादन मुलक क्षेत्रमा लगानि बढाउन आग्रह गरेका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औ बार्षिक साभारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन ।

मन्त्री शर्माले देशको आर्थिक अवस्थामा लगानीयोग्य रकमको अभाव भएपनि अब सुधार हुने बताएका छन् । मन्त्री शर्माले अहिले देशमा लगानी योग्य रकम अभाव भएको स्वीकार गर्दै आगामी दिन तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजि क्षेत्रको उपस्थिति रहेको कार्यक्रममा मन्त्री शर्माले निजि क्षेत्रलाई उत्पादन मुलक क्षेत्रमा लगानि बढाउन आग्रह गरे । देशमा लगानी योग्य रकमको व्यवस्था बाताबरण रहेको स्मरण गराउदै यस्तो आग्रह गरेका हुन् । मन्त्री शर्माले कृषि, बन लगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array