ओलम्पिक स्वर्ण पदक विजेतालाई एक करोड ३० लाख दिने तयारी हुँदैछः खेलकुदमन्त्री गहतराज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले ओलम्पिकमा स्वर्ण पदक विजेतालाई एक करोड ३० लाख दिनेगरी तयारी थालिएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री गहतराजले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

मन्त्री गहतराजले भने, “खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाबाट पास हुँदैछ ।” उनले आगामी एशियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०/३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिए ।

केही दिनमा मन्त्रिपरिषद्बबाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । “उत्कृष्ट खेल खेलेमा कानुनीरुपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ”, समारोहमा उनले थपे ।

मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगतरुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्था आएको पनि बताए । खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकैरुपमा विकास गर्दै लैजानु जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array