संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं  – संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन भएका छन् । शनिबार भएको संघको ११औँ साधारणसभाबाट अध्यक्षमा सापकोटा सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं केन्द्रीय सदस्य समेत सर्वसम्मत चयन भएका छन् । संघको वरिष्ठ उपाध्यक्ष अष्ट लामा, प्रथम उपाध्यक्ष सुदाम थापा, द्वितीय उपाध्यक्षमा राजन ईशान, महासचिवमा वसन्त सापकोटा, सचिवमा प्रल्हाद बोगटी निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा राजेश थापा तथा सदस्यहरूमा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शंकर थापा र दिनेश बान्तवा राई निर्वाचित भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array