आफ्नो कामलाई प्रेम गरे सफलता मिल्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कोहि पनि व्यक्तिले आफ्नो क्षेत्रमा सफलता पाउनु छ भने आफुले गरेको कामलाई माया गर्नुपर्दछ । मदर टेरेसाको भनाइ छ, सफलताको लागि तिमी कति परिश्रम गर्छौ मूल कुरा यो हैन । मूल कुरा त आफूले गरेको परिश्रममाथि कति प्रेम गर्छौ ।

के तपाईले याद राख्नुभएको छ, थोमस एडिसनले आविष्कारमा व्यस्त रहदा खाना खान समेत विर्सन्थे, भनिन्छ उनले आफ्नै नाम समेत विर्सेका थिए । माइकल एञ्जेलोले पर्खालमा महान् जियसको विशाल तस्विर बनाइरहदा उनको टाउको नै बांगिएको थियो । हेनरिक इब्सनले आफ्नो खाना कटाएर पुस्तक किन्थिन् । पेलेसँग जुत्ता र बल नहुदा पनि फुटवल खेलिरहन्थे ।

अब्दुल कलाम रातको ३ बजे उठेर पनि मिटङ बस्न सक्दथे । मोजार्टले जाडो र भोकका बिचमा पनि संगितलाई छाडेका थिएनन् । ब्रुस ली दैनिक २० घण्टे मेहेनत गर्दथे । मुहम्मद अली दैनिक ६९६ घण्टासम्म प्रशिक्षण गर्दथे । वाल्ट डिज्नेले कम्पनि खोल्नका लागि सम्पूर्ण जायजेथा दाउमा लगाएका थिए‘। जति पनि सफलतम व्यक्ति छन् ति सबै आफ्नो कार्यलाई प्रेम गर्दथे । आफ्नो कार्य प्रतिको प्रेमले नै उनीहरू सफल बन्न सकेका हुन् ।

भोकेसनलाई भ्याकेसन बनाउन सक्नुपर्यो, कामलाई खेल बनाउनुपर्यो तब मात्र तपाईको क्षमता सफलतातर्फ अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array