विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी क्षेत्रीय समितिको बैठक भुटानमा हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी क्षेत्रीय समितिको ७५ औँ बैठक भुटानमा हुँदैछ। उक्त बैठक आगामी भदौ २० देखि २४ गते दुई दिन चल्नेछ।

डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले बैठकमा प्राथमिकता प्राप्त विषयमा छलफल गर्नेछन्। प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागिता मार्फत मानसिक स्वास्थ्यको सम्बोधन, विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्नु बैठकका एजेण्डाहरु हुन्।

आगामी सोमबार शुरु हुने एक हप्ता लामो बैठकमा स्वास्थ्यमन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा स्वास्थ्य क्षेत्रका साझेदारहरूले यी विषय माथि छलफल गर्ने डब्लुएचओ ले जनाएको छ।

बैठकमा दक्षिणपूर्वी एसिया विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक, डा पूनम खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन मुख्यालयका अधिकारी, सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायहरूका प्रतिनिधि, साझेदार, दातृ निकाय, नागरिक सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

कोभिड-१९ महामारी शुरु भएयता क्षेत्रीय समितिको बैठक भौतिक रूपमा बस्न लागेको पहिलो पटक हो। सन् २०२१ मा नेपालले आयोजना गरेको र सन् २०२० मा थाइल्याण्डले आयोजना गरेको पछिल्ला दुवै बैठक भर्चुअल रूपमा सञ्चालन गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: