केन्या विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १६ रनले  विजयी, श्रृंखला कब्जा

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै २३० रन बनाएको थियो । २३१ रनको लक्ष पच्छ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

केन्या विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १६ रनले  विजयी भएको छ । नेपालले एक खेल अगावै तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पोरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै २३० रन बनाएको थियो । २३१ रनको लक्ष पच्छ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४ विकेट र सोमपाल कामीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुदै २३० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ९४ बल खेल्दै सर्वाधिक ७८ रन बनाए । ओपनर देव खनालले ३७ रन बनाए । सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्