वीरगंजका कबाडी व्यवसायी कर मिनाहाको माग गर्दै आन्दोलित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

वीरगंज– चालु आर्थिक वर्ष २०७९/८० का लागि लगाएको कबाडी कर घटाए पनि पुरा मिनाहाको माग गर्दै वीरगंज महानगरपालिकाविरुद्ध कबाडी व्यवसायी आन्दोलित भएका छन् । अघिल्लो वर्षका तुलनामा घटाएको हो। मूल्य अभिवृद्धि कर, आयकर, सम्पत्ति कर, राजस्व तिर्दा पनि माथिबाट लिइने कबाडी करले आफूहरु मर्कामा परेको कबाडी व्यवसायीहरुको भनाई छ। कबाड व्यवसायी संघ पर्साले करको विरोधमा आन्दोलन शुरू गरेको जनाएको छ।

वीरगंजमा बसेको संघको बैठकको निर्णयले शुक्रवारदेखि कबाडका पसल, व्यवसाय बन्द गरी आन्दोलन शुरू गरिएको र माग पुरा नभएसम्म आन्दोलन जारी रहनेअध्यक्ष अनवर हुसेनले बताए। कबाडजन्य वस्तुको संकलन, बिक्री वितरण तथा ढुवानी लगायतका काम ठप्प पारिएको उनले बताए । भदौ ७ गते कबाडीकरको विरोधमा व्यवसायीहरूले परवानीपुर सडकखण्डमा बिहान ८ देखि एक घण्टा चक्काजाम समते गरिसकेका छन् । वीरगंज महानगरपालिकाको राजस्व महाशाखा, कबाडी करका ठेकेदार मेदान्त कन्स्ट्रक्सन प्रालि, वीरगंज ५ का प्रोप्राइटर सञ्जय गुप्ता र व्यवसायीहरूबीच छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: