चितवन-३ बाट अध्यक्ष प्रचण्डले चुनाव लड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौेँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए ।

“मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ बाट म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु” उनले भने । कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array