हिन्दूहरूका आराध्य “देवाधिदेव महादेव”को नगरी काठमाण्डौको मुटुमा रहेको मस्जिदको बारेमा

यो मस्जिद अन्तिम पटक पृथ्वीनारायण शाहले पुनर्निर्माण गरेका थिए । पृथ्वीनारायण शाहलाई मल्ल राजाहरूमाथि विजय प्राप्तगर्न मुस्लिम समुदायले हतियार बनाएर मद्दत गरेबापत पृथ्वीनारायण शाहले मुस्लिम समुदायलाई बिशेष धन्यवाद दिदै यो भव्य मस्जिद पुनर्निर्माण गराएका हुन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

हिन्दूहरूका आराध्य देवाधिदेव महादेवको नगरी काठमाण्डौको मुटुमा भव्य मस्जिद रहेको छ । शाधारण तय मुस्लिम समुदाय हिन्दू तथा अन्य धर्मप्रति अत्यन्तै अनुदार मानिन्छ । हिन्दू दर्शन अनुसार वेद नमान्नेलाई पाखण्डी भनिन्छ । वेद त के हिन्दू धर्म मान्नेलाई काफिर(पापी) भन्ने अन्यत्र अतिबादी तर नेपालमा भने शान्त मुस्लिम समुदाय र कश्मीरी मस्जिद बारे केहि तथ्य ।

घण्टाघर सँगैको यो कश्मीरी मस्जिद प्रताप मल्लको पालामा बनेको बताइन्छ ।

प्रताप मल्ल वि.स.१६९८ देखि १७३१ सम्म ३३ वर्ष राजा भएका थिए । प्रताप मल्ललेनै रानीपोखरी बनाएका थिए ।

रत्न मल्लको समयमा कश्मीरी मुस्लिमहरू व्यापार गर्न नेपाल आएको इतिहास रहेको छ । रत्नमल्लले वि.सं. १५४१ देखी वि.सं. १५७७ सम्म शासन गरेका थिए ।

यो मस्जिद धेरै पटक भत्केको थियो ।

यो मस्जिद अन्तिम पटक पृथ्वीनारायण शाहले पुनर्निर्माण गरेका थिए । पृथ्वीनारायण शाहलाई मल्ल राजाहरूमाथि विजय प्राप्तगर्न मुस्लिम समुदायले हतियार बनाएर मद्दत गरेबापत पृथ्वीनारायण शाहले मुस्लिम समुदायलाई बिशेष धन्यवाद दिदै यो भव्य मस्जिद पुनर्निर्माण गराएका हुन् ।

आफूलाई सघाउने मुस्लिम समुदायलाई मस्जिद सहित विशेष सम्मान दिएका पृथ्वीनारायण शाहले मल्ल राजाहरूलाई सघाउने बिदेशी क्रिश्चियन र नेपाली क्रिश्चियनलाई देश निकाला गरेका थिए ।

पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्तान घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array