एमालेसँग चुनावमा सहकार्य हुदैन, गठबन्धन टुट्दैन : प्रचण्ड

“एमालेसँग गठबन्धन र सहकार्यबारे अहिले तत्काल केही सम्भावना देखिएको छैन । हामीले भन्दै आएको संसद विघटनलगायत विषयमा एमाले र एमाले अध्यक्ष केपी ओलीले आत्म समीक्षा नगरेसम्म सहकार्यको सम्भावना छैन”

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र एमाले अध्यक्ष केपी ओलीले आत्मसमीक्षा नगरेसम्म गठबन्धन तथा एमालेसँग चुनावमा सहकार्य नहुने बताएका छन् । आज बिहान सुर्खेतमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्तकुरा बताएका हुन् ।

प्रचण्डले भने “एमालेसँग गठबन्धन र सहकार्यबारे अहिले तत्काल केही सम्भावना देखिएको छैन । हामीले भन्दै आएको संसद विघटनलगायत विषयमा एमाले र एमाले अध्यक्ष केपी ओलीले आत्म समीक्षा नगरेसम्म सहकार्यको सम्भावना छैन” ।

प्रचण्डका अनुसार नेकपा एकीकृत समाजवादीसँग निर्वाचनमा अलग अलग चुनाव चिन्ह लिएर गए पनि घोषणापत्र  भने साझा बनाएर जाने सहमति भएको छ ।

प्रचण्डले आफू चितवन–३ बाटै निर्वाचन लड्ने स्पष्ट पारे । उनले भने, “मैले पहिलेदेखि नै भन्दै आएको छु चितवन–३ बाटै चुनाव लड्ने हो यसमा प्रस्ट हुनुहोला”।

सत्ता गठबन्धनभित्र सीट बाँडफाँडबारे कुरामिल्ने र गठबन्धन नटुट्ने समेत अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array