राष्ट्रियसभाको विषयगत समितिका सभापतिको निर्वाचन सोमबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि यही भदौ २३ गते निर्वाचन हुने भएको छ ।राष्ट्रिय सभामा रहेका दलहरूका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरू कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मा नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरू राष्ट्रियसभामा क्रियाशील छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई-दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ । यस अनुसार समयमै सभापति चयन हुन नसकेको भनी आलोचना भइरहेका बेला दलहरुक बीचमा सभापतिहरूको निर्वाचन भदौ २३ गते गर्ने सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्