ललितपुर महानगरले दसैं पछि अनधिकृत संरचना हटाउँने, नहटाए घरधनीलाई कारबाही गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा हटाउन व्यापार व्यवसायहरूलाई दसैंसम्मको समय दिएको छ । दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भन्दै दसैंसम्मको समय दिएको हो । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ । अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाई  छ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनेको जनाए । ‘दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भन्नेमा हामी सचेत छौं। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउँछ। दसैंपछि सबै अनधिकृत संरचना महानगरले हटाउँछ,’ उनले ने।

त्यसैगरी, लगनखेलमा महानगर आफैँले भाडामा लगाएको घरको संरचना भत्काएको छ। क्वालिटी क्याफे एण्ड गेस्ट हाउस रहेको उक्त घरले फुटपाथ ओगटेर संरचना बनाएपछि महानगरले कारबाही गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array