चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु तीन दिने नेपाल भ्रमणमा आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु तीन दिने नेपाल भ्रमणमा आउने भएको छन् । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा उनको नेपाल भ्रमण तय भएको हो । परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयको स्रोत अनुसार सीले भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्न लागेका हुन् । उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए । केही दिनमा उक्त भ्रमणको विषयमा औपचारिक घोषणा गर्ने तयारी भइरहेको स्रोतले बतायो । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array