शंकरदेव क्याम्पसलाई समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको पनि जनाएका छन। उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । उनले भने, गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष हो। ठाउँको कमी छ, जग्गा चाहियो भन्ने करा उठाउनु भयो। यो जायज कुरा हो। समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छु, मन्त्रिपरिषदमा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु। विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array