महानगरले सडकमा थुपारिएका निर्माण सामाग्री डोजर लगाएर हटाउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ काठमाडौँ महानगरपालिकाले सडकमा थुपारिएको निर्माण सामाग्री डोजर लगाएर हटाउन शुरु गरेको छ । निजी प्रयोजनका लागि सडकमा नै निर्माण सामाग्रीहरु राखेर निर्माणकार्य भएका ठाउँको सामाग्री महानगरले उठाउन थालेको हो । बताएको छ।

नयाँ बानेश्वरमा रहेको युनिग्लोबल कलेज अगाडि थुपारेको निर्माण सामाग्री महानगरको आफ्नै गाडीमा लोड गरेर टेकु लगिएको महानगरले बताएको छ । निर्माण सामाग्री बाटोमा नै राखेर निर्माण गर्दा पैदल यात्रु र सवारी आवतजावतमा समेत आसर पर्ने गरेको छ ।

महानगरपालिकाले अबैध संरचना र होर्डिङ बोर्डसँगै अब सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array