वातावरण संरक्षणमा योगदान दिए बापत विश्व बैंकको पौने १३ अर्ब सहुलियतपूर्ण ऋण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– वन जंगल र वातावरण संरक्षणमा नेपालले महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकारले खर्च गर्ने गरी १०० मिलियन डलर (करिब १२ अर्ब ७५ करोड रुपैयाँ) विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने सम्झौता गरेको छ । गत मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाबीच सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको थियो ।
त्यस अगाडि साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन डलरको ऋण स्वीकार गर्ने निर्णय गरेको थियो ।
नेपाल सरकारलाई विश्व बैंकले विगतदेखि विभिन्न शीर्षकमा सहयोग गर्दै आए पनि वनजंगल र वातावरण संरक्षण गरेको भन्दै पहिलोपटक सहयोग गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
विश्व बैंकले दिएको ऋणको वार्षिक ब्याज ०.७५ प्रतिशत रहेको छ । ३८ वर्षपछि साँवा चुक्ता गर्नु पर्ने ऋणमा सुरुको ६ वर्ष भने ब्याज मिनाह गरेको छ । विश्व बैंकले दिएको ऋण पूर्वाधार विकासमा खर्च गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array