गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारत जानुपर्ने बाध्यता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन भारतमा जाने गरेका छन् । दोधारा चाँदनी नगरपालिका–स्थानिय गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भएको बताएका छन । उनी मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्ने गरेका छन। स्थानियका अनुसार सीमानामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण सम्भव भएको जनाएका छन ।

दोधाराका धेरै मानिसहरु तीन किलोमिटरको बाटो हिँडेर भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका एक स्थानीयले बताए। दोधारा चाँदनीको बासिन्दाको विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्पर्कमा जोडिएका हुन ।

त्यसैगरी, स्थानीय वसन्ती सुनारले दुई देशको सम्बन्ध नागरिकको भन्दा पनि भाइचारको सम्बन्ध रहेको बताइन। “हाम्रो सम्बन्ध एकदमै राम्रो छ कहिले उहाँहरू सहयोग माग्न यहाँ आउँछन्, कहिले हामी सहयोग माग्न त्यहाँ पुग्छौँ”, उनले भने, “सीमावर्ती भारतीय नागरिकसँग सदियौँदेखि भाइचाराको सम्बन्ध छ ।” महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: