सम्हालिन्छ कहिले मन र झिँगे दाउ आजबाट एक साथ प्रदर्शनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – शुक्रवार ९आज० बाट सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ चलचित्र प्रदर्शनमा आउने भएका छन् ।‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा आउने भएका हुन् । सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ । देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’ मा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्वाजको कथा र पटकथा रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।
चलचित्र कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।

थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा रहेका छन् । सोनम तोप्देनले नायकको रूपमा डेब्यू गरेका छन् । एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत तथा कविराज गहतराजको कोरियोग्राफी छ ।

सनिष खकुरेल कार्यकारी निर्माता रहेको फिल्ममा परी राना र अजित कुमार थापा सह निर्माताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array