समाजवादीसँग एउटै घोषणापत्र बनाउने प्रयास गर्दैछौं: अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादीसँग आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने बताएका छन । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा आगामी मंसिर ४ को निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास भइरहेको जानकारी दिएका हुन ।
प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’

प्रतिक्रिया दिनुहोस्