ट्विटरले एडिटिङ फिचर ल्याउने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – ट्विटरले ‘एडिटिङ फिचर’ सुरु गर्ने भएको छ । ट्विटरले प्रयोगकर्ताहरूको अनुरोधलाई स्वीकार गर्दै एडिट बटन थप्न लागेको बिहीबार जानकारी दिएको हो । ट्विटरले नयाँ फिचर परीक्षण गरिरहेको र आगामी केही हप्तामा आफ्ना प्रिमियम सब्स्क्राइबरको लागि ट्विटर ब्लू सुरु गर्न लागेको जानकारी दिएको छ । यसको लागि प्रतिमहिना ४।९९ डलर तिर्नुपर्नेछ ।

नयाँ फिचरपछि ट्विट गरेको ३० मिनेटभित्र केही पटक एडिट ९सम्पादन० गर्न मिल्नेछ । ट्विटर ब्लू अहिले अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा उपलब्ध छ । तर, प्रारम्भिक परीक्षण कुनै एउटा देशमा सीमित गरिनेछ ।सम्पादित ट्विटहरू आइकन, टाइमस्ट्याम्प र ‘एडिट हिस्ट्री’मा लिंकको साथ देखिनेछ । पहिलेका ट्विटको सत्यता र पहुँचयोग्य बनाउने ट्विटरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array