साफ यू-१७ खेल्ने टोलीको बिदाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिहीबार बिदाइ गरेको छ । नेपाली युवा टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायत एन्फाका पदाधिकारीले बिदाइ गरे।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोली उर्जन श्रेष्ठको प्रशिक्षणमा छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान छन् । साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानसँग ७ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा भारतसँग ९ सेप्टेम्बरमा खेल्नेछ ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली

गोलकिपर –  क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डर – अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डर स् प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्ड – निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास  बम ।

प्रतिक्रिया दिनुहोस्

Array