ब्रेथवेटले बार्सिलोना छाडे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथवेटले क्लब छाडेका छन् । बार्सिलोनाले बिहीबार फरवार्डसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।

बार्सिलोनाले आपसी समझदारीमा डेनमार्कका फरवार्डले क्लब छाडेको जनाएको छ । उनी फ्री ट्रान्सफरमा अन्य क्लब जान सक्ने छन् । ब्रेथवेट २०२० को विन्टर ट्रान्सफरमा लेगानेसबाट बार्सिलोना आएका थिए ।

३१ वर्षीय फरवार्डले बार्सिलोनाका लागि ५९ खेल खेलेका थिए । उनले डेनमार्कका लागि ६० खेलमा १० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array