फनपार्कले १७ लाख ३६ हजार मनोरञ्जन कर बुझायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले कर तिरेको छ । फनपार्कले मनोरन्जन गरे वापत १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको महानगरले बताएको छ ।

फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ । सोही अनुसार महानगरपालिकाले परिषद्लाई ताकेता गर्ने समेत उनले जानकारी दिए । यसअघि महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घण्टाको समय दिएर बुधबार पत्र काटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: