कर्तव्य ज्यान मुद्दामा जेल रहेका आलमलाई रौतहट–२ बाट चुनाव लड्न सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका अभियुक्त मोहम्मद अफ्ताब आलम रौतहटबाट संघीय संसद्को उम्मेदवार सिफारिसमा सिफारिस भएका छन । आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट– २ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिसमा परेका हुन ।

विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका आलमलाई कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले नाम सिफारिस गरेको छ । उनीसँगै अन्जु झाको पनि नाम सिफारिसमा परेको छ ।

आलमले २०६४ सालको संविधान सभा निर्वाचनका मानिसहरुलाई ज्यूँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।

अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्

Array