आज शेयर १.०८ अंकले घट्यो, नेपाल टेलिकमको सर्वाधिक कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ –  बिहिबार (आज ) शेयर बजार परिसूचक १.०८ अंकले घटेको छ । आज नेप्से सूचक १.०८ अंकले घटेर १९७२.२९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका मध्ये २ सय २५ कम्पनीका ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँ ६ पैसाको कारोबार भएको छ ।

जस मध्ये नेपाल टेलिकमको १२ करोड २२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोको ४ करोड १६ लाख, तथा अरुण काबेली पावरको ३ करोड ८२ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, ट्रेडिङ, उत्पादन तथा प्रशोधन, अन्य, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज कारोबारमा आएका मध्ये ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने ७० कम्पनीको शेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

Array