महानगरले होर्डिङ बोर्ड हटाउँदै, वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गरियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले आजबाट होर्डिङबोर्ड हटाउन सुरु गरिने जनाएको छ । बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिने महानगरले जनाएको छ ।
महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।

त्यसैगरी, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array