प्रतिबन्ध लगाईएका सामाग्री आयात नगर्न राष्ट्र बैंकको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – सरकारले ४ वस्तुको आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गरेको हो। सरकारले गत सोमबार राजपत्रमा सुचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

जसमा सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। त्यसैगरी, कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ। सरकारले असोज २८ गतेसम्मलाई यी चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्