मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलेले एफपीओ जारि गर्ने भएको छ। कम्पनीले एफपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ।
बुद्ध ज्योति संस्थालाई प्राप्ति गर्दाको स्वाप रेशियोका आधारमा एफपीओ जारी गर्न लागेको हो। कम्पनीले १ बराबर ०।७६ को अनुपातमा गाभेको हो।

स्वाप रेसियो निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैयाँ पुगेको छ। राष्ट्र बैंकबाट २०७९ साउन ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समुहको शेयर स्वामित्व प्रतिशत ७०स्३० कायम गर्ने प्रयोजनको लागि एफपीओ जारी गर्न लागिएको हो।

संस्थाका प्रमुखका, अनुसार पुजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १ सय ९३ जना र निक्षेप संकलन २ अर्ब ६८ करोड तिन लाख ९ हजार ३ सय अठ्ठाईस रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array